काठमाडौं, ६ चैत । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । मंगलबार संस्थाले संस्थापक सेयरधनीका तर्फबाट आवेदन नपरेको १ हजार ६ सय २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिदका लागि अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्ने उक्त संस्थाले जनाएको छ ।