काठमाडौं, ७ चैत । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ताभन्दा बढी संस्थापक सेयर लिलामीमा राखिएको छ ।
प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको २८ हजार कित्ता र गणेश प्रोपटिजको स्वामित्वमा रहेको २२ हजार ८ सय कित्ता गरी गा५० हजार ५०० कित्ता सेयर बोलकबोल प्रक्रियामातर्फ चैत ६ देखि बिक्रीमा राखिएको हो । दुवै कम्पनीले सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ निर्धारण गरेका छन् । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सेयर खरिदका लागि लगानीकर्ताले एनआईसी एशिया क्यापिटलमा आगामी वैशाख १० गतेभित्र न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।