काठमाडौं, ७ चैत । बुधबार नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घटेर २ हजार ६३ दशमलव ९५ को विन्दुमा बन्द भएको छ ।
आज ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । बुधबार ३ सय ५ धितोपत्रको कारोबार हुँदा १ सय ४७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९४ धितोपत्रको मूल्य बढेको छ भने ४ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घटेको छ । त्यस्तै तिन वटा समूहको उपसूचक बढेकोे छ । आज विकास बैंक, लगानीे, होटल र टुरिजम, उत्पादनमूलक, जीवन बीमा, जलविद्युत, निर्जीवन बीमा समूह, लघुवित्त, वित्त समूहको उपसूचक घटेको छ । त्यस्तै, लघुवित्त, म्यूचुअल फण्ड र व्यापार समूहको उपसूचक बढेकोे छ ।
आज गोर्खाज फाइनान्स लिमिटेड र बुद्ध भुमी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै सर्बाेतम सिमेन्टको ९ दशमलव ९९ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९४, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशमलव २८ प्रतिशत, गणपती लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ दशमलव १४, एनएमबी माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको ७.६१ प्रतिशत र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ दशमलव ४४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बुधबार बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्य ९ दशमलव ३२ प्रतिशतले घटेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ सेचमी–थ्रीको ८.०८, भगवती हाइड्रोपावर डिभलपमेन्टको ६.६७, रिलायन्स फाइनान्स लिमिटेडको ३.७१ र नेपाल फाइनान्स लिमिटेडको ३ दशमल ५४ प्रतिशतले शेयर मुल्य घटेको छ ।