काठमाडौं, ८ चैत । बंगलादेशको चालू खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्म ३ अर्ब अमेरिकी डलर नाघेको छ ।
बंगलादेश बैंकद्वारा प्रकाशित पछिल्लो तथ्यांकअनुसार चालू खाता आर्थिक वर्षको पहिलो सात महिनामा ३ अर्ब १४ करोड ८० डलर रहेको छ । अघिल्लो आर्थिक वर्ष २०२२÷२३ को पहिलो सात महिनामा चालू खाता सञ्चिति ४ अर्ब ६४ करोड ८० लाख डलर रहेको बंगलादेश बैंकले जनाएको छ ।
बंगलादेशले आर्थिक वर्ष २०२२÷२३ मा निर्यात र विप्रेषणमा कमजोर वृद्धिको कारण २.६७ अर्ब डलरको चालू खाता घाटा बेहोरेको थियो । अधिकारीले केन्द्रीय बैंकको चालू खाताको रकम तथा भुक्तानीको समग्र पुँजीले जुलाई–जनवरी अवधिमा सकारात्मक प्रवृत्ति कायम राखेको बताएका छन् ।
हालका महिनामा आयात बिलमा गिरावटको बीचमा निर्यात आय र विप्रेषणकोे आगमन बढेका कारण यो सम्भव भएको उनीहरूको भनाइ छ । बंगलादेशले आर्थिक वर्षको पहिलो सात महिनामा १२.८९ अर्ब डलर विपे्रषण प्राप्त गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।