काठमाडौं, ८ चैत । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् ।
काठमाडौँमा सम्पन्न ८औं वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्समा आबद्ध मल्ल नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको छाता संगठनका रुपमा रहेको उक्त संघको अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित मल्लको अध्यक्षतासहित कार्यसमितिको अवधि २ वर्षको हुनेछ ।
साधारणसभाबाट अध्यक्षमा मल्लसहित उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल निर्वाचित भएका छन् भने महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला र सदस्यहरूमा आजाद श्रेष्ठ, पवन अग्रवाल र कुनाल कयाल निर्वाचित भएका छन् ।