काठमाडौं, ८ चैत । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ३७ अङ्कले घटेको छ । बिहिबार नेप्से परिसूचक १५ दशमलव ३७ अङ्कले घटेर २ हजार ४८ दशमलव ५७ को विन्दुमा बन्द भएको छ ।
आज १ कराड ८५ लाख ५२ हजार ७ सय पाँच कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँको कारोबार भएको छ । यस्तै आज ३ सय १५ धितोपत्रको कारोबार भएको छ । कारोबार भएका धितोपत्रमध्ये १ सय ८७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४९ धितोपत्रको मूल्य बढेको छ भने ८ धितोपत्रको मूल्य स्थिर छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । कारोबारको साताको अन्तिम दिन आज लघुवित्तको उपसूचक १ दशमलव ३२ प्रतिशतल घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको १.०२, हाइड्रोपावरको ०.८४, निर्जीवन बीमा समूहको ०.८३, जीवन बीमाको ०.८२, लगानी समूहको ०.७६, बैंकको ०.६७, विकास बैंक समूहको ०.४४, म्युचुवलफन्डको ०.४०, फाइनान्सको ०.१६, उत्पादन समूहको ०.०६ र अन्य समूहको उपसूचक ० दशमलव ८२ प्रतिशतले घटेको छ ।
बिहिबार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यस्तै सर्वाेतम सिमेन्टको ९ दशमलव ९९ प्रतिशत, किसान लघुवित्त वित्त वित्तीय संस्थाको ९.९१, कर्णाली डिभलपमेन्ट लिमिटेडको ९.२३ र उन्नती सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ दशमलव ६१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज बुद्ध भुमी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै गोर्खाज फाइनान्स लिमिटेडको ९ दशमलव ६२, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको ९.४६,गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.४५ र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ दशमलव १४ प्रतिशतले कारोबार घटेको छ ।