जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएसँगै महरालाई छोरा निर्मल महराको जिम्मा लगाएर
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएसँगै महरालाई छोरा निर्मल महराको जिम्मा लगाएर पठाइएको प्रहरीले बताएको छ ।
बुधबारदेखि सुरु भएको बयान लिने कार्य बिहीबार सकिएको थियो । महराको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई हाजिरी जमानिमा छोडिएको हो ।
गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट ९भेप० मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएपछि चैत ५ गते कपिलवस्तुको पकडीबाट प्रहरीले महरालाई मक्राउ गरेको थियो । सिआइबीले उनीमाथि चार दिनको म्याद लिएर अनुसन्धान गरेको थियो ।