काठमाडौं, ९ चैत । नेपाल वायुसेवा निगम र एयर इण्डियासँग सहकार्य गर्ने बारे छलफल भएको छ । निगमले भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ)लाई प्रभावकारी बनाउन र एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्न ेलगायत विषयमा छलफल सुरु गरेको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत(सीइओ) क्याम्पबेल विल्सनले सो विषयमा छलफल गरेका हुन् । दुवै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने विश्वास लिइएको छ ।