काठमाडौं, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार चैत ११ गतेका लागि बैठक बोलाइएको हो ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।