काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार सिंहदबारमा दुई नेताबिचको समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा छलफल भएको छ ।
गत फागुन २१ मा नयाँ सत्तागठबन्धन बनेर एमाले सत्ता सहयात्री भएपछि प्रचण्ड र अध्यक्षबिचको भेटघाट र छलफल बाक्लिँदै आएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई समेत मोर्चामा सहभागी गराउनेबारे छलफल भएको थियो ।