काठमाडौं, १२ चैत । सिंगटी हाइड्रो इनर्जीले ४६ लाखभन्दा बढी कित्ता सेयर लिलामी बिक्रिमा राखेको छ । कम्पनीले चैत १२ गते सोमबार (आज) देखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
उक्त लिलामीमा आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।