काठमाडौं, १२ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
आज चैत्र १२ सोमबारसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले चैत्र २७ गते काठमाडौँ स्थित अमृतभोग क्याटरिङमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध रस्ताव पेस हुने छन् ।
कम्पनीले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।