काठमाडौं, १२ चैत । प्रिमियमको नाममा आइपीओ निष्काशनमा विकृति बढेको भन्दै लगानीकर्ताले यसलाई रोक्नलाइ माग गरेका छन् । निवर्तमान अर्थमन्त्री वर्षमान पुनलाई भेटेर लगानीकर्ताले प्रिमियम मुल्यमा आइपीओ निष्काशनको विकृति रोक्न माग गरेका हुन । प्रिमियम मुल्यमा जथाभावी आइपीओ निष्काशन गरिएको उनिहरुको आरोप छ ।
प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्नुपर्ने भए त्यस्ता कम्पनीलाई बुक बिल्डिङ विधिमार्फत आइपिओ जारी गर्न प्रोत्साहित गर्नुपर्ने लगानीकर्ताको माग छ । राम्रा कम्पनी भए बुक बिल्डिङ प्रणालीमा पारदर्शी रूपमा आइपिओ बिक्रीको स्वीकृति दिनुपर्ने तर आइपीओ निष्काशनको नाममा अंकित मूल्यभन्दा बढीमा सेयर बिक्रीमा प्रतिबन्ध नै लगाउनुपर्ने लगानीकर्ताको भनाइ छ ।
हाल एक दर्जन बढी कम्पनी प्रिमियम मुल्यमा आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छ् ।