काठमाडौं, १२ चैत । आजका लागि बोलाइएको संवैधानिक परिषद्को बेठक स्थगित भएको छ । माववादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान ९बजे बसने गरी संवैधानिक परिषद्को बैठक बोलाएका थिए ।
बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो । संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ ।