काठमाडौं, १२ चैत । आयरल्यान्ड ए ले पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २÷२ विकेट लिए भने करण केसी र कुशल मल्लले १÷१ विकेट लिए ।
आयरल्यान्ड्सको टिममा ९ जना सिनियर टिमबाट खेलिसकेका खेलाडी छन् । नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो । भोलि मंगलबार आयरल्यान्डसँग दोस्रो टी–२० खेलेपछि नेपाली टिम भारत जानेछ ।