काठमाडौं, १२ चैत । पहिलो टी–२० अभ्यास खेलमा नेपाल नेपाल ६ विकेटले विजयी भएको छ । सोमबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएकोे पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली नेपालले आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको हो ।
जितका लागि १२२ रनको लक्ष्य पाउको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८ रन, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका थिए ।
यस्तै आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक÷एक विकेट लिए ।