काठमाडौं, १२ चैत । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको छ । सोमबार मन्त्रालयमा आायेजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई सरकार राष्ट्रिय फल घोषणा गर्ने तयारीमा रहेको बताएकी हुन् ।
यस्तै छलफलमा उनले २०८१–८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने समेत बताइन् । मन्त्री साहले किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्रालय किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको बताइन् ।
साथै उनले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउन सके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन् ।