काठमाडौं, १३ चैत । भारतले प्याज निर्यातमा थप प्रतिबन्ध लगाएको छ । गत शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेसम्मका लागि प्याज निर्यातमा लगाइएको प्रतिबन्ध कायमै रहने उल्लेख गरेको हो । भारतले गत डिसेम्बरमा यही मार्च ३१ सम्म्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
यसअघि गत डिसेम्बरमा भारतीय बजारमा प्याजको मूल्य बढेपछि भारत सरकारले प्याज निर्यातमा रोक लगाएको थियो ।
त्यसपछि प्याजको मूल्य ५० प्रतिशतले घटेको थियो । नेपाल, बंगलादेश, मलेसियालगायत मुलुक भारतीय प्याजमा निर्भर हुने गरेका छन् । प्रतिबन्धपछि उक्त मुलुकहरुमा प्याजको मुल्य बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।