काठमाडौं, १३ चैत । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिले कम्पनीको ६४ हजार ५०९ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।
कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ निर्धारण गरेको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु लगायत सर्वसाधारणहरुले समेत खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । यस्तै सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार देखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन आवेददन दिन सक्नेछन् । आवेदन पेस गर्ने अन्तिम मिति चैत २० गते सम्म रहेको छ ।