काठमाडौं, १३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आज चीन भ्रमणमा गएका छन् ।
नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार बोआओ फोरममा सहभागी हुन पौडेल चीन प्रस्थान गरेका हुन् ।
बोआओ फोरम मार्च २६ (आज) देखि २९ मार्चसम्म आयोजना हुँदैछ । सो आयोजनामा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ ।
हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।