काठमाडौं, १३ चैत । mainकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा भएको मन्त्रिपरिषद् बैठकका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए ।
धनकुटाका पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले स्थापना गरेको सम्पर्क कार्यालय नियमित रूपमा सञ्चालन हुने बताए ।
आज मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव संकलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तर्क्रिरया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी छन् ।