काठमाडौं, १३ चैत । श्री एयरलाइन्सले थप २ नयाँ जहाज खरिद गरेको छ । कम्पनीले क्यानडाको तत्कालीन बम्बार्डियन अर्थात् हालको डी हाभिल्यान्ड अफ क्यानडामा निर्मित ८० सिटका २ जहाज खरिद गरेको हो । कल साइन नाइन एन–एओके र नाइन एन–एओएल रहेका उक्त जहाजहरु मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको कम्पनीले बताएको छ ।
उक्त जहाजहरु श्रीएयरलाइन्सका पाइलटहरुले अमेरिकामै १० हजार माइल (करिब २५ घन्टा)उडाई परीक्षण गरेर नेपाल ल्याइएको कम्पनीले जनाएको छ ।