काठमाडौं, १४ चैत । अमेरिकाको फ्लोरिडा राज्यले नाबालिगहरूको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्ने भएको छ । फ्लोरिडा राज्यले नाबालिगहरूले सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्ने लगाउने कानुन बनाएको छ । गभर्नर रोन डिस्यान्टिसले उक्त विधेयकमा हस्ताक्षर गरेका छन् । यो कानुन सन् २०२५ को जनवरीदेखि कार्यान्वयनमा आउने जनाइएको छ ।
एजेन्सीका अनुसार यो कानुन लागू भएपछि राज्यका १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले सामाजिक सञ्जालमा जोडिन पाउने छैनन् । सामाजिक सञ्जाल एकाउन्ट बनाउन पाउने छैनन् ।
कानुन उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिने बताइएको छ । साथै उनीहरूले प्रभावित नाबालिगलाई १० हजार डलरसम्म क्षतिपूर्ति तिर्नु पर्नेछ । यो नियमको उल्लङ्घन गर्ने कम्पनीहरूले प्रभावित हरेकको लागि ५० हजार डलर जरिवाना तिर्नु पर्नेछ ।
१४ वर्ष पुगेपछि भने बालबालिकाहरूले अभिभावकको स्वीकृति लिएर मात्रै सामाजिक सञ्जालमा खाता खोल्न पाउने बताइएको छ ।