काठमाडौँ, १५ चैत । आज (बिहीबार) अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागिएको हो ।
नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गनिे बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्छ ।