काठमाडौं, १५ चैत । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन्
बैंकको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ ।
आगामी वैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि बैंकको सीईओमा उपाध्याय नियुक्त भएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन । यस्तै उनी गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि डेपुटी सीईओ पदमा कार्यरत छन् ।
उपाध्याय बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए ।