काठमाडौं, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी बैसाख १५ मा हुने उपचुनावका लागि इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केद्रिय प्रवक्ता मोहन श्रेष्ठर्ले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
राप्रपा युवा नेता गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए । उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन् ।
राप्रपाले इलाम २ को अवस्था बुझ्न झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्षसमेत रहेका पार्टीका नेता रवीन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको थियो ।