काठमाडौं, चैत । चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले सुरुङ निर्माणमा विश्व रेकर्ड राखेको दाबी गरेको छ । कम्पनीले राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा विश्व रेकर्ड राखेको दाबी गरेको हो ।
टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत एक महिनामा १५०३.३ मिटर सिँचाइ सुरुङ खनेर विश्व रेकर्ड राखेको कम्पनीको दाबी छ ।
यसअघि कम्पनीले सोही आयोजनामा २०२३ मार्चमा १२२४ दशमलव १३ मिटर सिँचाइ सुरुङ बनाएर नयाँ रेकर्ड राखेको थियो । कम्पनीले अहिले सो रेकर्ड पनि तोडेको छ ।