काठमाडौं, १६ चैत । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यावहारिक अर्थतन्त्रसम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
उनले लेखेको पुस्तक ‘थिन्किङ, फास्ट एन्ड स्लो’ ले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनाएको थियो। उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी तिनको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए ।
इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिन अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक थिए ।
सन् २००२ मा कान्हेम्यानलाई मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।–एजेन्सी