काठमाडौं, १६ चैत । ग्रीन डेभलपमेन्ट बैंकले सेयर स्वामित्व परिवर्तन गर्न अनुमति पाएको छ । बैंकले सेयर स्वामित्व परिवर्तन गन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट चैत ७ मा स्वीकृति प्राप्त भएको जनाएको छ ।
बैंकले संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर स्वामित्व संरचना बदल्न लागेको हो । सेयर संरचना परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता सेयर कायम हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार सेयर संरचना प्रस्ताव चैत २७ मा हुने दसौं वार्षिक साधारणसभाबाट पारित हुने छ ।
यस वर्ष बैंकले गत वर्षको मुनाफबाट हाल कायम चुक्ता पुँजी ५१ करोड ९० लाखको आधारमा ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ ।