काठमाडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयलाई छलफल गरेको छ ।
पर्टीको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । यस्तै बैठकमा विद्यार्थीहरुलाई राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने समेत छलफल भएको छ । रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विद्यार्थीको संख्या यथार्थमा आधारित नभई बाहिर आएको बारेमा पनि बैठकमा छलफल भएकोे बताए । उनले भने,’विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र दिएपछि यथार्थ विद्यार्थी संख्या देखिन्छ । राष्ट्रिय परिचय पत्र दिएपछि विद्यार्थीको यकिन संख्या आउँछ । अनियमितता भएको छ भने रोकिन्छ ।’
‘विद्यार्थीलाई परिचय पत्र विरतणका लागि गृह र शिक्षा मन्त्रालयले समन्वय गरेर तयारी गर्ने गरी छलफल भएको ढकालले बताए ।