काठमाडौं, १८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएको थियो ।
मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको बताए ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दलमध्ये माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।