काठमाडौं, १९ चैत । स्मार्ट फोन ब्रान्ड शाओमीले फ्ल्यागशिप ’स्मार्टफोन शाओमी १४’ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमसहित बजारमा आएको कम्पनीले जनाएको छ ।
उक्त स्मार्ट फोन प्रयोगकर्ताले उत्कृष्ट फोटोग्राफी आनन्द लिन सक्ने कम्पनीले बताएको छ । शाओमी १४ मा ६.३६ इन्चको एमोलेडएलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाटवायर वा ५० वाटवायरलेस चार्जिंग व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
सो स्मार्ट फोनमा ४ हजार ६ सय १० एमएच क्षमता भएको ब्याट्री उपलब्ध छ । उक्त फोनमा एआई फेस अनलक, अनस्किृन फिङ्गरप्रिन्टलगायत फिचर छन् । साथै डुअल सिमकार्ड सपोर्ट, ५ जि कनेक्टिभिटी उपलब्ध छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शक्तिशाली पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले, ए–ग्रेड क्यामरा सिस्टम र उत्कृष्ट सेक्युरिटीफिचरका साथ शाओमी १४ बजारमा आएको स्मार्ट फोन प्रयोगकर्ताका लागि सर्वोत्कृष्ट विकल्प बन्न सक्ने बताए ।