काठमाडौं, १९ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति र र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्नका लागि युवा तथा खेलकुद मन्त्रायलाई अनुरोध गरेको छ ।
राखेपको ११५ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरेको थियो । वृहत राष्ट्रिय खेलकुद चक्रिए प्रणाली अनुसार हरेक दुई–दुई वर्षमा आयोजना हुने व्यवस्था छ ।
यस्तै राखेपले राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् फरक क्षमता भएका खेलाडीहरुको पारा खेलकुद आयोजना गरिने प्रचलन पनि रहेकोले प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता–०८१ समेत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका दिन २०८१ साल मंसिर १८ देखि २१ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्नका लागि मिति तोक्न पनि अनुरोध गरेको छ ।
राखेपले दुई राष्ट्रिय प्रतियोगिताका लागि नियमानुसार आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको राखेपले जनाएको छ ।