काठमाडौं, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेट्लले विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले एक ढिक्का भएर अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै विस्वासको मता मागेका हुन् ।
११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत देखिन्छ । एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) मिल्दा ५५ सांसद हुन्छ । बहुमतका लागि एक सांसद नपुगेपछि सत्ता गठबन्धनले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएको छ ।