काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी हाल माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत छन् । खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।
उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार थिए । उक्त प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।