काठमाडौं, २१ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा चैत २७ गतेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको दिई संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई सो आह्वान गरेका हुन् ।
भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिएका हुन् ।
उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । पाण्डेले बुधवार बिहान पदबाट राजीनामा दिएका थिए ।