काठमाडौं, २३ चेत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको भन्र्दैै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार मोरङ उद्योग व्यापार संघको ६७ औँ वार्षिक साधारण सभाको अवसरमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
यस्तै उनले देशको अर्थतन्त्रको बजार माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको भन्दै बजार माग बढाउन सरकारले सहयोग गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । साथै उनले सरकारले लगामी सम्मेलनअघि संशोधन गर्ने भनेका कानुनलाई संशोधन गर्न पनि आग्रह गरेका छन् । समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश उनको भनाई थियो । यस्तै उनले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको बताए ।
लगानी सम्मेलन मुखैमा रहेको अवस्थामा सरकारले व्यवसायीको मनोबल बढाउनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । उनले मोरङ उद्योग व्यापार संघले चेम्बर आन्दोलन र देशको आर्थिक विकासमा पु¥याएको योगदानप्रति प्रशंसा गरेका छन् ।
यस्तै उनले उक्त सभामा बोल्दै मोरङ उद्योग व्यापार संघले यस क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन, साना तथा मझौला उद्योगलाई टेवा पु¥याउन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे ।