काठमाडौं, २३ चैत । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका हुन् ।
उनले दलहरूलाई ९ दिनको समय दिदे वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेस गरिसक्न आह्वान गरेका छन् ।