काठमाडौं, २६ चेत । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश प्रमुख,शाखा प्रमुख र बजार व्यवस्थापक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।
जीवन बीमा,बैंक तथा वित्तीय संस्था,लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्द्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १० दिनभित्र कार्य गर्न इच्छुक पद,प्रदेश,जिल्ला र स्थान उल्लेख गरी व्यक्तिगत विवरणसहित कम्पनीको आधिकारीक वेवसाइटमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।