काठमाडौं, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने तयारी रहेको बताएका हुन् ।
यस्तै उनले मुलुकको प्राकृतिक स्रोत साधनमा आधारित उद्योगको विकास, विस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको बताए । उनले भने, ’सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ ।’
सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना समेत गर्दैछ ।