काठमाडौं, २७ चैत । ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) बैंकको १०.२५% ग्लोबल आइएमई लि. डिबेन्चर २०८०÷८१ ’को सूचीकरण चैत २२ गतेको निर्णयानुसार खारेज भएको हो ।
चैत १८ गते बैंकबाट प्राप्त निवेदन बमोजिम बैंकले जारी गरेको ५ बर्षे अवधिको प्रति सेयर अंकित मूल्य रु १ हजार दरको १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्रको सूचीकरण खारेज भएको हो ।
उक्त ऋणपत्र चैत्र २७ गते परिपक्व भएकोले सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।