काठमाडौं, २८ चैत । सर्लाहीस्थित बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।
मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार अवैध तरिकाले कुल आम्दानी गरेको पाइएको छ । तर आयोगको अनुसन्धानमा सोहि अवधिमा उनले १३ करोड २० रुपैयाँ लगानी र खर्च गरेको देखिएको हो ।
यसरी उनको आम्दानी र खर्च नमिल्दा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले कमाएको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ । थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुल उपर गर्न अख्तियारको माग छ।