काठमाडौं, एसीसी प्रिमयर कपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दिउँसो सवा ४ बजेदेखि सुरु हुने खेलमा नेपालले मलेसियाको सामना गर्नेछ ।
टि–२० ढाँचामा हुने एसिसी प्रिमियर कपमा १० टोली सहभागी हुनेछन् । सहभागिमा नेपालसहित बहराइन, कम्बोडिया, हङकङ, कुवेत, मलेसिया, ओमन, कतार, साउदी अरबेया र यूएईबीच खेल हुँदै छ ।
त्यसमध्ये समूह ए मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र हङकङ रहेका छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् । उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्दै छ । त्यस्तै अप्रिल १५ मा नेपाल र हङकङबीच खेल हुनेछ । १७ अप्रिलमा साउदी अरेबिया र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भूर्तेल, सन्दीप जोरा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।