काठमाडौं,४ बैसाख । सोमबारसम्म २ हजारको वरिपरि रहेर कारोबार भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार २ हजारको विन्दुबाट झरेको छ । आज (नेप्से) परिसूचक नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९ सय ९१ दशमलव ७१ को विन्दुमा बन्द भएको छ ।
मंगलबार ५४ लाख ७१ ह्जार ६८ कित्ता शेयर ३९ हजार ४७६ पटक किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँको कारोबार भएको छ । आज ३ सय १२ धितोपत्रको कारोबार हुँदा २०० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४२ धितोपत्रको मूल्य बढेको छ भने २ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ वटै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर समूहको उपसूचक १ दशमलव ३१ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको १.१६, व्यपार समूहको ०.८५, निर्जीवन बीमाको ०.७५, लगानी समूहको ०.६०, जीवन बीमाको ०.५४, फाइनान्सको ०.४८, बैंकिङ समूहको ०.४१, होटल एन्ड टुरिजमको ०.२८, विकास बैंकको ०.१९, म्युचुअल फन्डको ०.०१ र अन्य समूहको उपसूचक १ दशमलव ७ प्रतिशतले घटेको छ ।
मंगलबार १०.७५ ५ एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै गोर्खाज फाइनान्सको ९.९६, सिभिल बैंक डिबेन्चर २०८८ को ८.१९, ग्रीन डिभलमेन्ट बैंकको ५.०२, दिव्येश्वरी हाइड्रोपावरको ४.०४, एनएमबी डिबेन्चर ८.५ ५ २०८७÷८८ को ३.५७ र इमर्जीन नेपाल लिमिटेडको २ दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज रुरु जलबिद्युत परियोजना लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै पोखरा फाइनान्सको ६.७४, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.५०, डोल्टी पावर कम्पनीको ५.६०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५.०६ र मिड सोलू आइड्रोपावरको ४.८४ प्रतिशतले शेयरमूल्य घटेको छ ।