काठमाडौं, ५ बैसाख । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ६० हजार ५० कित्ता सेयर बिक्रीमा राखिएको छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकका साथै आम सर्वसाधारणले समेत बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको नवलपरासीको गैंडाकोटमा रहेको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेस गर्नु पर्नेछ । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।