काठमाडौं, ६ चैत । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।
बिहीबार सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन् ।
यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन दाबी पेस गर्न भन्दै आज ५ बजेसम्मको समय दिएका थिए ।