काठमाडौं, ७ बेसाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर कर्मचारी तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था तथा विदेशी संस्थामा पूर्णकालीन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाइएको जनाएको छ ।
मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्धारा जारी अपीलमा भनिएको छ, ‘प्रचलित कानून र विधिको प्रतिकूल हुनेसम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानूनसम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध छ ।’