काठमाडौं, ७ बैसाख । नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिष्कार गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बैठकको निर्णयसहित सभामुख कृष्ण धिताललाई ज्ञापनपत्र बुझाएको छ ।