काठमाडौं, ७ बैसाख । नेपाल टेलिकमले विभिन्न पदमा एक सय २९ जना कर्मचारी माग गरेको छ । टेलिकमले सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि बिभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
टेलिकमले जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्मका पदमामा आवेदन माग गरेको छ । इच्छुक र योग्य उम्मेदवारले वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर आगामी जेठ ३ गतेसम्म आदेन दिनसक्ने टेलिकमले जारी गरिएको सूचनामा भनेको छ ।