काठमाडौं, १० वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सोमबार बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गरेको १ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको जनाएको छ ।